असार २१, २०८२ शनिबार July 5, 2025

कप्तान अरुणा सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रतिभा वर्ष पुरस्कारबाट शनिबार पोखरामा सम्मानित भएकी छन्।

पोखरा नदिपुरस्थित प्रतिभा माविले अरुणालाई १ लाख रुपैयाँसहित सम्मान गरेको हो। अरुणालाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अरुणालाई सम्मान गरेका थिए ।

कात्तिकमा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो।

त्यस्तै मंसिरमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भलिबलमा रजत पदक जितेको थियो।

प्रतिभा माविले हरेक वर्ष गण्डकी प्रदेश भित्रका प्रतिभावान युवालाई सम्मान गर्दै आएको छ।

अरुणा सम्मलित होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले शुक्रबार मात्रै आरबिबी एनभीए महिला क्लब च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया