जेठ ५, २०८१ शनिबार May 18, 2024

इजाजतप्राप्त हतियार बुझाउन मनाङ प्रशासनको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय मनाङले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन निर्देशन दिएका हुन् ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको हो । तोकिएको समयमा हतियार नबुझाएमा कानुनबमोजिम कारबाही हुने प्रजिअ आचार्यले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया