असार २१, २०८२ शनिबार July 5, 2025

काठमाण्डौं-तराई-मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ५ गते । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता गौरवकुमार केसीका अनुसार द्रुतमार्ग आयोजना अन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग शुक्रबार छिचोलिएको हो ।

उहाँले निर्माणाधीन लेनडाँडा जोडी सुरुङ (ट्वीन ट्युब टनेल) मध्ये काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको बताउनुभयो । छिचोलिएको सुरुङमार्गको लम्बाइ एक हजार ६३३ मिटर छ ।

उहाँले निर्माणाधीन तीन वटा सुरुङमार्गको सुरुङ खन्ने काम ७८ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले लेनडाँडा सुरुङमार्गको दुवैतर्फको सुरुङ छिचोलिने योजना रहेको बताउनुभयो ।

नेपाली सेनाका अनुसार तीन हजार ३५५ मिटरको महादेवटार सुरुङमार्गको दुई हजार १५८ मिटर खनिसकिएको जनाएको छ । तीन वटा सुरुङको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये अब १.५२९ किलोमिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार