कार्तिक २८, २०८३ शनिबार November 14, 2026

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५२ जनाको शव फेला

पहिचान नभएको १ हजार ४ सय २२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५२ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ४२ जना व्यक्तिहरूलाई राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
२०८३ कार्तिक २८, शनिबार
एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो
२०८३ कार्तिक २८, शनिबार
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्याउने तयारी
२०८३ कार्तिक २८, शनिबार
तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक, कार्तिक शुक्ल पक्षभरि मेला
२०८३ कार्तिक २८, शनिबार
निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
२०८३ कार्तिक २८, शनिबार
व्यक्तिगत पदभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो छ : पूर्वप्रधानमन्त्री देउवा
२०८३ कार्तिक २८, शनिबार