असोज १४, २०८३ बुधबार September 30, 2026

विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश

महिलातर्फ नेपालकी तारा कार्की चित्रकार २१ ओभर ९१ स्कोरसहित संयुक्त ४३औँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालका विजय माझी २०औँ एसियाली खेलकुदको कनोइ स्लालमअन्तर्गत पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश गरेका छन् ।

याहागिगावा कनोइ स्लालम कोर्समा बुधबार भएको सेमिफाइनल चरणको खेलमा २७५.७३ स्कोरका साथ १६ औँ स्थानमा रहेर विजय फाइनल चरण प्रवेश गरेका हुन् ।

सेमिफाइनलमा सहभागिता जनाएका अर्का नेपाली खेलाडी आशिष राना मगर भने फाइनल प्रवेशमा सफल भएनन् ।

विजय १६ औँ स्थानका साथ फाइनल चरण पुग्दा आयोजक जापानका युकी तानाका ९१.७१ स्कोरका साथ शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेका छन् ।

अघिल्लो दिन मङ्गलवार विजय र आशिश दुवैले पहिलो चरणमा सफलता हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

एसियाली खेलकुदअन्तर्गत जुडोमा नेपालका चार खेलाडी आ–आफ्नो खेलमा पराजित भएका छन् ।

महिला ४८ केजी तौल समूहको राउन्ड अफ १६ मा नेपालकी निशा श्रेष्ठ हङकङकी का ली वोङसँग २ मिनेट ३२ सेकेन्डमा इप्पोनबाट पराजित भइन् ।

महिला ५२ केजी तौल समूहको राउन्ड अफ १६ मा नेपालकी देवकी माया श्रेष्ठ भियतनामकी थि नगान हा लामसँग पराजित भइन् । पुरुष ६६ केजी तौल समूहको राउन्ड अफ ३२ मा नेपालका विशाल विक हङकङका का कि वोङसँग वाजाआरीबाट पराजित भए । त्यस्तै, पुरुष ६० केजी तौल समूहको राउन्ड अफ १६ मा नेपालका विकास विक उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग ३ मिनेट १२ सेकेन्डमा इप्पोनबाट पराजित भए ।

नेपाली गल्फर सुभाष तामाङले एसियाली खेलकुदअन्तर्गत पुरुष गल्फको पहिलो चरणमा इभन पार ७० स्कोर गर्दै संयुक्त १८औँ स्थान हासिल गरेका छन् ।

महिलातर्फ नेपालकी तारा कार्की चित्रकार २१ ओभर ९१ स्कोरसहित संयुक्त ४३औँ स्थानमा छिन् । नेपालका अर्का खेलाडी सद्भाव आचार्यले भने प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । ज्वरो आएपछि मङ्गलवार अस्पताल भर्ना भएका सद्भाव अझै अस्पतालमै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार