असार २८, २०८२ शनिबार July 12, 2025

एमबिबिएसका चार नक्कली परीक्षार्थी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रहरीले काठमाडौँ र भक्तपुरका परीक्षा केन्द्रबाट एमबिबिएसका ४ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले आज (शुक्रबार) अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो ।

भक्तपुर र काठमाडौँका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले नक्कली परीक्षार्थीविरुद्धको अपरेसन जारी रहेको बताए ।

‘केही नक्कली परीक्षार्थी पक्राउ परेका छन्, अनुसन्धान टोली फिल्डमै भएकोले थप विवरण केही बेरपछि सार्वजनिक गर्नेछौँ, उनले भने । शुक्रबारबाट एमबिबिएस परीक्षा सुरु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया