श्रावण १, २०८२ बिहिबार July 17, 2025

ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, चैत १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको आज उद्घाटन गर्नुभएको छ । जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको हो । एक्सपो तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजीक्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएकामा राष्ट्रपतिले खुसी व्यक्त गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गर्नुभयो । राष्ट्रपतिले जनसहभागितामा जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेकामा प्रसन्नता व्यक्त गर्नुभयो ।

अझै पनि देशका विभिन्न स्थानका नागरिकले बिजुली बाल्न नपाएको तथ्य पेस गर्दै उहाँले हरेक घर र भान्छामा बिजुली पुग्ने वातावरण बनाउन सबैको सार्थक पहल आवश्यक रहेकामा जोड दिनुभयो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँको मात्रा घट्दै जानु चिन्ताजनक विषय भएको तथ्य पेस गर्दै राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन तथा हरियाली प्रवर्धनमा जोड दिन सबैको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रपति भण्डारीले जलस्रोतको बहुउद्देश्यीय प्रयोग हर्दै हरित अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । एकै पटक ठूलो लगानी लाग्ने र उत्पादनको अवधिसम्म प्रतिफल प्राप्त हुन गाह्रो हुने भएकाले साना तथा मझौला आयोजनामा निजी क्षेत्रले हात हालेको तथा त्यसमा उल्लेखनीय सफलता हासिल गरेकामा राष्ट्रपतिले ऊर्जा उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आफ्नो मन्त्रालयका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा खरो उत्रिएको र हरतरहले सहयोग गरेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन कानुनी, नीतिगत एवम् संरचनागत क्षेत्रमा गर्नुपर्ने सुधारका लागिसमेत आफू तयार रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले आफूले मन्त्रालय सम्हालेपछि वन मन्त्रालयसँग जोडिएका कुनै पनि फाइल नरोकिएको र निजी क्षेत्रमैत्री व्यवहार गरेको स्पष्ट पार्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रमैत्री नीति तथा कानुनका कारण नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै अझै थप केही विषयमा सुधारको आवश्यकता औँल्याउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि नयाँ अवसरको खोजी, प्रविधिको प्रयोग तथा लगानी आकर्षित गर्ने लक्ष्यका साथ एक्सपोको आयोजना गरिएको जानकारी दिनुभयो ।

एक्स्पोको उद्घाटनपूर्व बृहद् विद्युतीय सवारी ¥याली पनि आयोजना गरिएको थियो । देशकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषय वस्तुमा तीनै दिन विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञका बीचमा छलफल गर्ने कार्यक्रम तय भएको सो अवसरमा जानकारी दिइयो ।

आज मात्रै जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफलको आयोजना गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार