जेठ ५, २०८१ शनिबार May 18, 2024

नरैनापुरको कृष्णनगरमा आगलागी १५ घरगोठ जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । सो आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको हो । करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ ।

प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया