जेठ ५, २०८१ शनिबार May 18, 2024

कास्कीका सबै पालिकामा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तालमेल कास्कीमा पनि रहने भएको छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच संयुक्त बैठक बसेर सबै पालिकामा मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ५ वटै पालिका र ७२ वटै वडासम्म तालमेल गर्ने निर्णय गरेको हो ।

वडा तहसम्मै गठबन्धनका दलहरूको संयुक्त बैठक बस्ने र एउटै संयन्त्रबाट गृहकार्य गर्ने निर्णय भएको कांग्रेस कास्कीका सभापति बरालले बताए । यसै गरी गठबन्धनमा रहेका दलहरूबीच एकता, सम्मान र हार्दिकताको भावना वृद्धि गर्ने निर्णय पनि भएको छ ।

निर्वाचनमा जिल्ला, पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरी १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष बखानसिंह तमु, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रवीमोहन ढकाल, जनता समाजवादीका अध्यक्ष गिरीप्रसाद गुरुङ सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया