असार २८, २०८२ शनिबार July 12, 2025

इन्जिनियरिङ्ग अध्ययन संस्थानका विद्यार्थीका लागी विशेष मौका परीक्षाको फाराम खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले विशेष मौका परीक्षाको फाराम खुला गरेको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा विभिन्न तहमा भर्ना भई तोकिएको शैक्षिक समय सिमा भित्र तह पार गर्न नसकी व्यरियरमा परेका विद्यार्थीहरुका लागि फाराम खुला गरेको हो ।

डिप्लोमा बि.ई, बि.आर्क र एम.एस्सी २०६१ भर्ना समुहदेखि व्यरियरमा परेका विद्यार्थीहरुलाई एक पटकको लागि मात्र विशेष मौका परीक्षाको व्यावस्था गर्ने इन्जिनियरिङ्ग अध्ययन संस्थान विद्यापरिषद् स्थायी समितिले निर्णय गरेको छ ।

विशेष मौका परीक्षामा सामेल हुन चाहाने विद्यार्थीहरुले चैत २८ गतेदेखि २०७९ जेठ ६ गतेभित्र इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखामा सम्पर्क राखि फाराम भर्नुपर्ने जनाएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया