असार २८, २०८२ शनिबार July 12, 2025

कोशी जनता माबिमा अध्ययनरत कविता सुनुवारको विद्यालय आउँदै गर्दा हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुरको बेलका नगरपालिका–३ कक्षा १० मा अध्ययनरत एक छात्राको हत्या भएको छ । श्री कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको विद्यालयको नियमित सञ्चालित अतिरिक्त कक्षा लिन विद्यालय आउँदै गर्दा हत्या भएको हो ।

उनी विद्यालय आउँदै गर्दा बाटोमा पर्ने यसोदा खोलामा हत्या क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयले विज्ञप्ति मार्फत जानाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गर्दे यस घटनाले बेलका नगरको सुरक्षा संवेदनशिलतामा प्रश्न उठाएको भन्दै निष्पक्ष छानबिन गरी यथाशिघ्र अपराधी पत्ता लगाई कडा भन्दा कडा सजायँ दिन माग गरेका छन् ।

साथै अनुशासित र मिहिनेती विद्यार्थी गुमाउनु पर्दा विद्यालय परिवार मर्माहत भएको र बालबालिकाहरुको जिउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया