बैसाख १७, २०८३ बिहिबार April 30, 2026

साहित्यकार प्रेरणाको नियात्रा ‘टुप्लुक्क टोकियो’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साहित्यकार गोविन्द गिरी प्रेरणाको नियात्रा ‘टुप्लुक्क टोकियो’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार सङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गिरीको नियात्रा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको कृतिका बारेमा नियात्राकार प्रतीक ढकालले गोविन्द गिरी प्रेरणाले एक पछि अर्को उत्कृष्ट कृति लेख्न सफल भएको बताउनुभयो ।

उहाँले साहित्यकार प्रेरणाको लामो लेखन सक्रियता लोभलाग्दो भएको उल्लेख गर्दै प्रेरणा साहित्यका जुनसुकै विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएको दाबी गर्नुभयो ।

यस्तै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यका लागि गोविन्द गिरी प्रेरणा उदाहरणीय लेखक भएको बताउँदै प्रेरणाको लेखन शैलीको चर्चा गर्नुभयो ।

कार्यक्रममा साहित्यकार डा.दामोदर पुडासैनीले प्रेरणाले नेपाली साहित्यलाई एकपछि अर्को महत्त्वपूर्ण कृति दिएको बताउँदै सरल भाषामा लेखिएको ‘टुप्लुक्क टोकियो’  पढ्न सबैलाई आग्रह समेत गर्नुभयो ।

सार्वजनिक कृतिका  लेखक प्रेरणाले लेखन र अध्ययन आफ्नो जीवनको एक महत्त्वपूर्ण अङ्ग जत्तिकै भएको बताउनुभयो ।

साहित्यकार प्रेरणाका यसअघि पनि विभिन्न कथा सङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह, नियात्रा,  निबन्ध सङ्ग्रह, समालोचना लगायतका थुप्रै कृतिहरू सार्वजनिक भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया