जेठ ५, २०८१ शनिबार May 18, 2024

ऐसेलुखर्कका अध्यक्ष र उपाध्यक्षद्धारा सरकारी सुविधाको गाडी फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ्ः खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन् । गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफूले प्रयोग गर्दैआएको गाडी फिर्ता गरेका हुन् ।

गाउँपालिका अध्यक्ष निरौलाले आफूले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफूले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गरेका हुन् ।

ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनका लागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनका लागि २०७५ सालमा गाडी खरिद गरिएको थियो । जनताको नासोको रूपमा प्रयोग गर्दैआएको गाडी फिर्ता गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

डेढ सय क्षमताको सभाहल उद्घाटन 

ऐसेलुखर्क गाउँपालिकाले डेढ सय जना क्षमताको सभाहल निर्माण गरेको छ । ४७ लाख ७६ हजार ८०८ रुपैयाँमा समीक्षा निर्माण सेवा, सुनसरीले निर्माण गरेको सभाहल शुक्रबार उद्घाटन गरिएको हो ।

सभाहलमा ५० जना अट्ने स्टेज, करिब सय जना अट्ने ८ स्टेपको प्याराफिट, दुई वटा स्टोर रुम, तीन वटा धारा लगायतका संरचना बनाइएको छ । सभाहल उद्घाटन लगत्तै विशेषसभा सञ्चालन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिरहा, धनुषा, सप्तरी तथा महोत्तरी जिल्लाको सीमा नाका तीन दिन बन्द रहने
२०८१ जेठ ५, शनिबार
शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल
२०८१ जेठ ५, शनिबार
यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु (सूचीसहित)
२०८१ जेठ ५, शनिबार
पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूल पार्टीमा फर्किन उपेन्द्र यादवको आग्रह
२०८१ जेठ ५, शनिबार
काठमाण्डौं-तराई-मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
२०८१ जेठ ५, शनिबार
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी न्यौपानेलाई
२०८१ जेठ ५, शनिबार
डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण
२०८१ जेठ ४, शुक्रबार