असार २८, २०८२ शनिबार July 12, 2025

माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि विज्ञापन खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय प्रतिक्षारत माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुला गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि वैशाख २९ गतेसम्म इच्छुक स्नातक उर्तिण गरेका व्यक्तिका लागि फारम भर्नका लागि विज्ञापन खुला गरिएको सूचनामा उल्लेख छ ।

जेठ पाँच गतेसम्म दोब्बर दस्तुर तिरेर पनि इच्छुक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारले अनलाइनबाट फारम भर्न सक्ने आयोगले जनाएको छ ।

माध्यामिक तहको शिक्षक लाइसेन्सका वस्तुगत लिखित परीक्षा भने असार १८ गते बिहान ८ बजे हुने सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा केन्द्र भने सम्बन्धित प्रदेश अन्तरगतका जिल्लामा सञ्चालन हुनेछ । जनबोली

विज्ञापन हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया