असार २३, २०८२ सोमबार July 7, 2025

७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले सात वटै प्रदेश र ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरि गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय हुन निर्देशन दिने निर्णय गरेको छ ।

पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रतिनिधि खटाउन निर्देश पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया