असार २८, २०८२ शनिबार July 12, 2025

हावाहुरीले उडायो विद्यालयको छाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभूत विद्यालयको छाना उडाएको छ ।

बिहीबार साँझ चलेको हावाहुरीले साबिकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो । हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ ।

छाना उडाएपछि कन्यछाँगा आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य बनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया