असार २४, २०८२ मंगलबार July 8, 2025

३ वटा ट्रक जुध्दा ३ जनाको मृत्यु, ९ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । रूपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु१ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना२ख ८४८१ र ना५ख ७८५६ नम्बरको ट्रकमा मंगलबार बिहान ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले दुर्घटनाको पुष्टि गर्दै ३ जनाको घटनास्थलमै ज्यान गएको जनाएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । यीमध्ये ४ को अवस्था गम्भीर छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जानकारी दिएका छन ।

बाक्लो हुस्सु र कुहिरोले दुर्घटना भएको अनुमान गरिए पनि खुलेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया