असार २८, २०८२ शनिबार July 12, 2025

शिक्षामन्त्री र एडिबीका उपाध्यक्षबिच शिक्षा सुधारबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैङ्क (एडिबी) का उपाध्यक्ष सिचिन छिनबिच नेपालको शैक्षिक सुधारका विषयमा आज छलफल भएको छ ।

भेटमा शिक्षामन्त्री पौडेलले नेपालका शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राख्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आइसिटी ल्याबहरू पुर्‍याउने लगायत प्रस्ताव गर्नुभयो ।

मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष छिनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले शिक्षा क्षेत्रमा एडिबीका निरन्तर सहयोग रहेको समेत स्मरण गराउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया