असार २३, २०८२ सोमबार July 7, 2025

मधेश प्रदेशका सिट बाँडफाट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ ।

प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक वैठक बसे पनि अझै पालिका बाँडफाटमा सहमति जुटन सकेको छैन ।

सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व गरिरहेको ३४ वटा पालिकामा भागबण्डा गर्ने र त्यसबाट बाँकी रहेका ९८ वटा पालिकामा पछि भागबण्डा गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो ।

मधेश प्रदेशमा एक महानगर वीरगन्ज र तीन उपमहनगर जनकपुरधाम, सिमरा र कलैया छन् । यी चार स्थानीय तहमा केन्द्रबाटै भागबण्डा लगाइने उल्लेख छ भने बाँकी एक सय ३२ पालिकामा भागबण्डा गर्न प्रदेश गठबन्धनलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी, सोमबार बसेको बैठकमा अन्य पालिकामा आवश्यता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो ।

सोमबार सतारुढ गठबन्धन दलहरूको सिट बाँडफाटमा सहमति नभएपछि अर्को बैठक बुधबार राखिएको छ । बुधबार जनकपुरमा बैठक राखिएको एकीकृत नेकपा समाजवादी पार्टीका प्रदेश अध्यक्ष राचन्द्र यादवले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया