काठमाण्डौंः नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् ।
साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने प्रचण्डको दाबी छ ।
यसरी हुने कम्युनिष्ट तथा वाम एकता माओवादीको नेतृत्व हुने बताउँदै उनले यसको नेतृत्व आफूले लिने जानकारी दिएका हुन्। आसन्न निर्वाचनमा माओवादीलाई जनताको साथ रहने प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया