काठमाडौँ: राप्रपा जनप्रतिनिधिले काम गरेनन् भने कारबाही गर्ने रेखा थापाले बताएकी छन्। बिहीबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले पार्टीले जनतालाई नेता र भगवान मान्ने बताइन् ।
उनले सबै नेता कार्यकर्ताले जनतालाई विश्वास र भरोसा दिलाउनु पर्नेमा पनि जोड दिइन्। ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ। राप्रपा जनतालाई नेता र भगवान मान्छ। पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन’, थापाले भनिन् ।
उनले बुटवल महानगरपालिकामा पार्टीलाई जिताएको खण्डमा जनताको हितमा काम गर्ने पनि उनले बताइन्। यदि बाचाअनुसार काम नगरे जनकारवाही गराउन आफू लागिपर्ने उनको भनाइ छ ।
‘यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नु भएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु’, उनले भनिन्, ‘तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु। एज अ कालारकारको सिवासले पनि र जनताको हैसियतले पनि ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया