काठमाण्डौंः काठमाण्डौँको मेयरको उम्मेदवार बन्न केशव स्थापितले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
उनले बाग्मती प्रदेशको राजधानी हेटौंडा आएर सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन् ।
बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिवार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो ।
उनी काठमाडौँ महानगरका पूर्व मेयरसमेत हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया