असार २४, २०८२ मंगलबार July 8, 2025

ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको माधव नेपालको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् । विहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाएका हुन् । उनले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए । त्यस्तै अध्यक्ष नेपालले आफूलाई इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए ।

उनले भनेका छन्, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे । के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरु गरे । लुट्ने चुस्ने काम केपी ओलीले गरे । देश र जनताको सेवा गर्ने काम हामीले ग¥यौं । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले ग¥यौं ।’

उनले फेरि भने, ‘हामीले राज्यको सम्पतिको सदुपयोग हुनुपर्छ भन्यौँ । उनले दुरुपयोग गर्नुपर्छ भने यो विचार उनैले ल्याए । गफमा उनी अगाडि छन् । काममा हामी अगाडि छौँ । गफाडी नम्बर १ उनी काममा अत्यन्त फास्ट हामी । हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताए । उनले सबै महानगर र उपमहानगरमा उठ्नेहरुलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया