असार २४, २०८२ मंगलबार July 8, 2025

ककनी गाँउपालिकामा गठबन्धनका साझा उम्मेदवार घिमिरे सबैभन्दा बलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय तहको निर्वाचन हुन अब १० दिन मात्रै बाँकी छ । निर्वाचनको प्रचार प्रशारमा सबै दलहरु गाँउ गाँउमा घरदैलो गरिरहेका छन् । हुन त देशभरका ७ सय ५३ स्थानीय तहमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जानकारी गराएको छ । यसै सन्दर्भमा देशकै राजधानी काठमाण्डौंबाट नजिक रहेको नुवाकोटको ककनी गाउँपालिकामा चुनावी माहोलले तीव्रता पाइरहेको छ ।

गाँउपालिका अध्यक्ष पदका लागि मुख्यत सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, गठबन्धनको अर्को दल नेकपा माओवादी र राप्रपाको उम्मेदवारहरु मैदानमा उत्रेका छन् । कांग्रेसबाट युवा नेता नवराज घिमिरे, एमालेबाट काशीराज अधिकारी, माओवादीबाट सज्जन तामाङ्ग र राप्रपाबाट तेज लामा प्रतिस्पर्धामा छन् ।

चारै जना प्रतिस्पर्धीमध्ये कांग्रेसका उम्मेदवार घिमिरेको बलिया उम्मेदवार देखिन्छन् । २०७४ को स्थानीय निर्वाचनमा माओवादीले जितेको ककनीमा हाल गठबन्धनमा रहेका नेताहरुको प्रतिष्ठाको बिषय बनेपछी अन्ततः पालिकामा मात्र गठबन्धन कायम गर्ने सहमति बनेको थियो । जुन ककनी गाँउपालिका काँग्रेसको भागमा परेको कारण अहिले कांग्रेसको जित सुनिश्चत जस्तै रहेको बताइन्छ ।

अहिलेको निर्वाचनमा सत्तागठबन्धनको संयोजन गरिरहेको कांग्रेसको पक्षमा ठूलो जनमत देखिन्छ । यसअघि माओवादीबाट अध्यक्षमा जितेका मानबहादुर लामाले आफ्नो कार्यकाल सोचेजस्तो राम्रो काम गर्न नसकेको, भ्रष्टचार गरेको पालिकाहरुको कर्यसम्पादन तथा मूल्यांकनमा राम्रो परिणाम दिन नसकेको ककनीबासीहरुको आरोप छ ।

ककनी पर्यटकीय हिसाबले नुवाकोटकै नमुना पालिका हुन सक्ने र विकासको प्रचुर सम्भावना बोकेको गाउँपालिकाभित्र पर्दछ । यद्दपी योजना र लक्ष्यसहितको विकासको मोडेल लागू गर्न सक्ने नेताको खाँचो परेको ककनीका लागि आवश्यक्ता रहेको त्यहाँ वासिन्दाहरुको भनाइ छ । जुझारु नेता, गाउँपालिका हाँक्न क्षमता बनाएका कांग्रेसी नेता नवराज घिमिरे जसरी पनि यो निर्वाचनमा जित हासिल गरेर गाउँपालिकाको मुहार फेर्ने अठोटमा कम्मर कसेर लागेका छन् ।

अन्य पार्टिका नेताहरु पनि विभिन्न नाराहरु दिएर चुनावी मैदानमा प्रतिष्पर्धीको रुपमा रहेपनि गठबन्धन दलभित्रको मुख्यगरी काँग्रेस माओवादी बलियो शक्तिमा रहेकोले गठबन्धनका उम्मेदवार घिमिरे बिजयी हने अनुमान सबैको देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया