वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

संसद बैठकः जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्ताव पेश गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

उनले सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन्। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुनेछ ।

जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुनेछ । यस्तै जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् ।

कार्यव्यवस्था शाखाले ३ गतेबाट कार्ययोजना प्रस्ताव गरिसकेको अवस्था छ। जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्नेछन्। प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले (पत्रसहित)
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो
२०८१ वैशाख २८, शुक्रबार
कोशी प्रदेशमा पाँचौं अधिवेशन आह्वान
२०८१ वैशाख २८, शुक्रबार