काठमाण्डौंः गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित निर्वाचित भएका हुन् ।
यस्तै, रेसुंगा नगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार खिलध्वज पन्थीले एक हजार ८२९ मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा (एमाले)का उमेदवार राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।
रेसुंगा–३ मा पनि कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम निर्वाचित भए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया