काठमाण्डौंः गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन् ।
गठबन्धनको नेतृत्व गर्दै उनी मेयर पदमा उम्मेदार बनेका थिए । उनले नेकपा एमालेका राजेन्द्र पाण्डेलाई १३५२ मतले हराएका हुन् । यसअघि नेकपा एमालेले मेयर उपमेयरसहित बहुमत वडा जितेको रेसुङ्गामा कांग्रेसले गठबन्धनको बलमा जित निकालेको हो ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवाली तथा सचिव गोकर्ण विष्टको गृहजिल्लाको सदरमुकाम रहेको यो पालिकामा कांग्रेसको जितले एमालेलाई चुनौती थपेको छ ।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसका अमृतादेवी कुँवर विजयी भएकी छन् । उनले १५७२ मतान्तरले विजयी भएकी हुन् ।
१४ वटा वडा रहेको यो पालिकामा नेपाली कांग्रेसले १० र एमालेले ४ वटा वडामा जितेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया