असार २४, २०८२ मंगलबार July 8, 2025

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः चन्द र भट्ट नै दोहोरिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् ।  गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै  बिना भट्ट विजय भएका हुन् ।

आज सम्पन्न अन्तीम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३सय मतान्तरले विजयी भएका छन् । उनले ३हजार ७सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २हजार ४सय ८८मत ल्याएकाछन् ।

उपाध्यक्षमा एमालेकै बिना भट्टले ३हजार ६४ मत ल्याउदा गठबन्धनका उम्मेदवार नेकपा(एकिकृत समाजवादी)का राजेन्द्र चन्दले २हजार ५सय मत प्राप्त गरेका छन् ।

पञ्चेश्वर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं. २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएकाछन् ।

वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द बिजयी भएकाछन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर बिजयी हुदाँ वडा नं. ६ मा एमालेका राम सिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा न. ६मा नेकपा एमालेका जनक बहादुर चन्द विजयी भएकाछन् ।

पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया