असार २४, २०८२ मंगलबार July 8, 2025

मेन्छ्यायेम गाउँपालिका प्रमुखमा एमालेका खापुङ र उपप्रमुखमा कांग्रेसकी तिम्सिना निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तेह्रथुम/मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादव वहादुर खापुङ निर्वाचित भएका छन् । उनले २ हजार ५५ मत प्राप्त गरि निर्वाचित भएका हुन् । खापुङ निवर्तमान पालिका अध्यक्ष हुन् ।

यसै गरि उपाध्यक्षमा काग्रेसकी गीता देवी तिम्सिना गौतम निर्वाचित भएकी छिन् । उनले १ हजार ९ सय ८६ मत प्राप्त गरेकी थिइन् । उनी पनि निवर्तमान पालिका उपाध्यक्ष हुन् ।

खापुङका प्रतिद्वन्द्वी काग्रेसका धन कुमार लिम्वुले २ हजार २१ मत प्राप्त गरेका छन् । तिम्सिनाकी प्रतिद्वन्द्वी एमालेकी प्रेमलता घिमिरे गौतमले १ हजार ९ सय ७४ मत प्राप्त गरी पराजित भईन् ।

यसै गरि वडाहरुमा नेपाली एमालेबाट वडा नम्वर १ डम्वर वहादुर लिम्वु, वडा नम्वर ४ मा कविन्द्र लिम्वु, ५ मा दोजराज गौतम र ६ मा प्रदिप बुढाथोकी निर्वाचित भएका छन् । यसै गरि काग्रेसबाट वडा नम्वर २ मा राम वहादुर लिम्वु र ३ मा विनय कुमार शुव्वा निर्वाचित भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया