असार २४, २०८२ मंगलबार July 8, 2025

चन्द्रागिरिको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उमेदवार घनश्याम गिरीले अग्रता लिएका छन् । १३ हजार ३४२ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत ल्याई अग्रता कायम गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले चार हजार ५१६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन् ।

उपप्रमुखमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उमेदवार वसन्ती श्रेष्ठले पाँच हजार १९१ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार रोशन दानीले एक हजार ४८७ मत प्राप्त गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया