काठमाडौंः भरतपुरमा ८ सन्तानकी आमा ५८ वर्षीय पुरुषको प्रेममा परे र आफ्नो प्रेमीसँग बस्न गइन् । रोचक कुरा के छ भने ५८ वर्षीय प्रेमीका पनि चार सन्तान छन् ।
प्रेमीका नातिको पनि विवाह भइसकेको छ । भारत, राजस्थानको भरतपुरमा महिलाका श्रीमानले महिलाका प्रेमीविरुद्ध अपहरणको उजुरी दिएका थिए ।
प्रहरीले महिलालाई अदालतमा हाजिर गर्यो । तर अदालतमा महिलाले अपहरण नभएको भन्दै प्रेमीको घर जान राजी भइन् । घटना भरतपुरको कैथवारा थाना क्षेत्रको निम्ला गाउँको हो ।
त्यहाँकी ४५ वर्षीया साहुनी छिमेकी साहुनसँग प्रेममा परेपछि प्रेमीसँग बस्न उनको घर गएकी थिइन् । त्यही क्रममा महिलाका श्रीमान फारुकले प्रेमीविरुद्ध अपहरणको मुद्दा दायर गरेका हुन् ।
उजुरीपछि प्रहरीले महिलालाई हतकडी लगाएर अदालतमा हाजिर गरेको थियो । त्यसै क्रममा महिलाका छोराछोरी पनि प्रहरी चौकी पुगे र आमालाई सम्झाउन निकै प्रयास गरेका थिए ।
तर महिला छोराछोरीको कुरा सुन्न तयार भइनन् । अन्नतः महिलाले प्रेमीसँग जाने इच्छा व्यक्त गरिन् । जानकारीका अनुसार ५८ वर्षीय प्रेमीका चार सन्तान छन्, उनीहरु विवाहित पनि छन् ।
कैथवारा प्रहरी चौकीका प्रमुख रामनरेशका अनुसार महिलाका पति फारुकले दर्ता गरेको एफआईआरमा उनकी श्रीमतीलाई छिमेकी साहुनले अपहरण गरेको आरोप लगाइएको छ ।
श्रीमतीलाई फिर्ता लिन गाउँका पञ्च पटेलसँग पनि कुरा गरिएको थियो तर महिलाले मानिनन् । त्यसपछि प्रहरीमा उजुरी परेको थियो । ती महिलाले आफ्नो पतिसँग अदालतमा जान अस्वीकार गरेपछि सबै कुराको पर्दा खुलेको हो । एजेन्सीको सहयोगमा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया