असार २४, २०८२ मंगलबार July 8, 2025

जनताको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तब्य – एमाले महासचिव पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु कर्तब्य भएको बताए ।

‘सत्ताको चरम दुरुपयोगका बाबजुद सूर्य चिन्हमा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तव्य हो । मतगणनामा चनाखो रहौँ’, सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन् ।

उनले यसअघि आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए ।  पोखरेलको आरोपलाई लिएर उनकै पार्टीका केही नेताले आलोचना गर्दै आएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मतदान भएको ३० वैशाखमै निर्वाचनमा राज्य शक्तिको दुरुपयोग सरकार र गठबन्धनले गरेको आरोप लगाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया