असार २४, २०८२ मंगलबार July 8, 2025

चाँगुनारायणमा नेमकिपाले खाता खोल्योः वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमै विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि खाता खोलेको छ । नगरपालिकाको वडा नं ९ मा उक्त पार्टीले वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमै विजयी हासिल गरेको हो । वडा अध्यक्षमा गणेश त्यात र सदस्यहरूमा कमला गिरी, सुमित्रा दर्जी, रविन बासुकला र विद्यापति प्वार थापा विजयी भएका हुन् ।

वडा अध्यक्ष त्यात विपक्षी भन्दा निकै फराकिलो अन्तरमा विजयी भएका थिए । उनले एक हजार सात सय ८६ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नौ सय दुई मत ल्याएका थिए । यस वडामा कांग्रेसका वडा अध्यक्षले चार सय ३२ मत ल्याएका थिए ।

यस नगरपालिकामा नौवटा वडाहरू छन् । यस वडामा कांग्रस, एमाले, राप्रपा र नेमकिपाका वडा अध्यक्षहरु जितेका छन् । कांग्रसले वडा नं १, २, ५ र ८ एमालेले ३ र ४, राप्रपाले ६ र ७ र नेमकिपाले ९ वडामा वडा अध्यक्ष जितेको हो ।

यो नगरपालिकाको मेयरमा नेपाली का‌ंग्रेसका जीवन खत्री विजयी भएका छन् । उपमेयरमा भने एमालेका रमेश वुढाथोकी विजयी भए । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् ।

विना यसअघि नगरपालिकाको उपयेर थिइन् । एमालेबाट मेयरमा विजयी भएका मिश्रले नदोहाेर्‍याइ छोडिदिएपछि एमालेबाट उपमेयरमा विजयी भएकी विनाले मेयरमा टिकट पाएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार