असार २४, २०८२ मंगलबार July 8, 2025

टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिको जित, गत पुसमा गठन भएको थियो पार्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ ।

०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको हो ।

टीकापुर नगरपालिका मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नवराज रावलले ६ हजार ६४२ मत पाए।

उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह ७ हजार ९५५ मतसहित विजयी भएका छन् । उन्मुक्तिका उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् ।

त्यस्तै, जोशीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्तिले जितेको छ । चित्रबहादुर चौधरी ४ हजार ९ सय ३ मतसहित मेयरमा विजयी भएका हुन् ।

कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे । उपाध्यक्षमा सोही पार्टीका रेखादेवी कठरिया ४ हजार ५ सय ८९ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजार ९ सय ६१ मत प्राप्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार