असार २४, २०८२ मंगलबार July 8, 2025

शम्भुनाथ नगरपालिका मेयरमा एकीकृत समाजवादीका जितेन्द्र गुप्ता विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरीको शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार निर्वाचित भएका छन्। उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत प्राप्त गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका कलवार ४४ मत अन्तरले पराजित भएका थिए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याएर गुप्तालाई पराजित गरेका थिए।

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरी उपप्रमुखमा ४ हजार ९९८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जल्पनाकुमार सरदारले ४ हजार २७१ मत प्राप्त गरिन्।

कांग्रेसले उपप्रमुखमा जल्पनालाई उम्मेदवार बनाएपछि गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपप्रमुख कविताकुमारी सरदार लोसपाबाट उम्मेदवार बनेकी थिइन्। कविता १ हजार १८८ मत ल्याएर छैटाैं स्थानमा रहेकी छिन्।

वडा अध्यक्षमा एकीकृत समाजवादी र कांग्रेसले ५/५, जसपा र लोसपाले १/१ वडा अध्यक्षमा निर्वाचचित भएका छन् । एकीकृत समाजवादीबाट वडा नम्बर ४ मा विजयकुमार साह, ८ मा इन्द्रकान्त चौधरी, ९ मा प्रभु मलाहा, ११ मा राजकुमार साह र १२ मा सञ्जयकुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन्।

यस्तै कांग्रेसबाट वडा नम्बर १ मा जिवछ साह, २ मा दुर्गानन्द भगत, ३ मा नविनकुमार चौधरी, ५ मा जामुनप्रसाद चौधरी र ६ मा सचेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ७ मा जसपाका गोपालप्रसाद चौधरी र वडा १० मा लोसपाका धर्मेन्द्र भनिने रामाकान्त मण्डल निर्वाचित भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार