असार २९, २०८२ आइतबार July 13, 2025

कलैया उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूलाई अङ्ग्रेजी माध्यममा लैजाने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाराको कलैया उप-महानगरपालिकाले  पहिलो बैठकबाट आफ्ना क्षेत्रका सामुदायिक विद्यालयहरूलाई अङ्ग्रेजी माध्यममा लैजाने निर्णय गरेको छ ।

नवनिर्वाचित नगर प्रमुखको पहिलो बैठकबाट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययन/अध्यापन गराउने निर्णय भएको जानकारी दिनुभएको छ  । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अपराह्न भएको शपथ ग्रहणपछि नगरप्रमुख साह लगायत कार्यभार सम्हाल्न नगरपालिका पुग्नुभएको थियो ।

नगरप्रमुख विनोद साह र उपप्रमुख रौशन प्रवीणले कार्यभार समालेपछिको पहिलो निर्णय शिक्षा सुधारको पक्षमा गरेका हुन् । अङ्ग्रेजी भाषाको आवश्यकता र महत्त्वलाई ध्यानमा राखेर विद्यालयको तल्लो तहबाटै अङ्ग्रेजी भाषा सिकाइलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ ।

हाल बालबालिकाहरूका लागि अल ईन वान अङ्ग्रेजी सहयोगी पुस्तक खरिदका लागि २२ लाख रुपैंयाको अनुमानित बजेट समेत स्वीकृत भएको छ । आवश्यकता अनुसार थप गरिँदै लगिने नगरप्रमुख साहले बताउनुभयो  । रेडियो नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई वटा संसदीय समितिको बैठक बस्दै
२०८२ असार २९, आइतबार
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार