काठमाण्डौंः काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा कांग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही वडाको वडाध्यक्ष हुनुहुन्थ्यो । वडा सदस्यमा पनि कांग्रेसका सबै उम्मेदवार विजयी हुनुभएको छ ।
कांग्रेसबाट विजयी हुने सदस्यमा बाबुबाजी महर्जन र प्रवेश श्रेष्ठ, महिला सदस्यमा शान्ता महर्जन र दलित महिलामा रुपा नेपाली निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २६ मा ठमेल, लैनचौर, सामाखुशी, गल्कोपाखा, रानीवारी, टाउन प्लानिङ, नयाँ बसपार्क, म्हैपी लगायतका क्षेत्रहरू पर्दछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया