काठमाण्डौंः दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।
एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी हुनुभएको छ ।
खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मत अन्तरले पराजित गर्नुभयो । खड्काले ३१ हजार ४०८ मत पाउँदा गिरीले २७ हजार ७१७ मत पाउनुभयो ।
उपप्रमुखमा चौधरीले एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गर्नुभयो । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गर्नुभयो ।
तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्रबाट एकजनाले जित्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया