काठमाडौं: नेकपा (एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
पार्टीका महासचिव डा बेदुराम भुसालले आज जारी गरेको विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न भनिएको छ ।
पार्टीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिएको विज्ञप्तिमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सुझाइएको छ । विज्ञप्तिमा ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता र कर्तव्यनिष्ठापूर्वक मुलुक र जनताको हितमा कार्यसम्पादन गर्न र निजी स्वार्थबाट टाढा रहन निर्देशन दिइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया