असार २९, २०८२ आइतबार July 13, 2025

राजनीतिक हैसियत बोकेका शिक्षकलाई एकसाताभित्र राजिनामा दिन नगरप्रमुखको उर्दी (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बर्दिया जिल्लाको राजापुर नगरपालिकाले राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही काम गर्ने शिक्षकलाई राजिनामा दिन निर्देशन दिएको छ ।

दलको कार्यकारीणी पदमा रहेर विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्यगर्ने राजापुर नगरपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजिनामा दिन लगाउन भन्दै सबै सामुदयिक विद्यालयहरुलाई निर्देशन दिएको हो ।

साथै प्रचलित शिक्षा, ऐन, २०२८ (शंसोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लङघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजिनामा दिन लगाई सो को विवरण सात दिन भित्र राजापुर नगरपालिकाको कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया