असार २४, २०८२ मंगलबार July 8, 2025

‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ’ – उपसभापति खड्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा उपसभापति खड्काले जनप्रतिनिधिहरू व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताउनुभयो ।

स्थानीय जनप्रतिनिधिका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उहाँले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले काँग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताउनुभयो ।

अर्को फरक प्रसङ्गमा उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा देखिएको कमजोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनुपर्ने उहाँले बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधि र पार्टीबिच समन्वय गर्नुपर्ने र त्यसले पार्टीलाई चलायमान बनाउने उहाँले बताउनुभयो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला उपसभापति राजीव न्यौपाने, महासमिति सदस्य गीता देवकोटा, जनप्रतिनिधिहरू भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा लगायतले कार्यक्रममा आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार