असार २९, २०८२ आइतबार July 13, 2025

काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह जेठ २० गते (सूचनासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं विश्वविद्यालयले दोस्रो चरणको २७ औं दीक्षान्त समारोह जेठ २० गते गर्ने भएको छ । विश्वविद्यालयले केन्द्रीय परिसर धुलिखेलमा बिहान ९ बजे समारोह आयोजना गर्ने भएको हो ।

समारोहमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेज अन्तर्गत स्नातक र स्नातकोत्तर तहका १ हजार ६५८ जना विद्यार्थी दीक्षित गर्नेछ भने पीएचडी उपाधि हासिल गरेका ११ जना र एमफिल गरेका ४३ जना दीक्षित हुनेछन् ।

कार्यक्रममा विएस्सी कम्प्युटेशनल म्याथका १५ जना, एबएसी इन फिजिक्सका ९ जना, एमएससी इन पब्लिक हेल्थमा ५ जनालाई दीक्षित गर्ने जनाएको छ । सो समारोहमा भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी ९ देशका १५७ जना विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।

कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता, आईआईटी हैदराबादका निर्देशक प्राडा बीएस. मूर्तिको प्रमुख आतिथि र सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा सो दीक्षान्त समारोह आयोजना गर्न लागिएको जानकारी दिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार
तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
२०८२ असार २८, शनिबार