असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा नेपालले मुलुकको सात वटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ। केही दिन अघि काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

महामन्त्री बर्तौलाका अनुसार “जनताको माझमा राप्रपा नेपाल” अभियान अन्तर्गत “बर्तमानका चुनौती र बिकल्प” बिषयमा बुद्धिजीवी बर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा,बर्ग,क्षेत्र ,समुदायका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ।

यसका साथ साथै सातै प्रदेशमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने बर्तौलाले बताए। पहिलो चरणमा यहि जेष्ठ १८ र १९ गते बागमती प्रदेशको हेटौंडामा , २१ र २२ गते १ नम्बर प्रदेशको बिराटनगरमा , २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा २५ र २६ गते लुम्बिनीको बुटवलमा र २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम तय भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष कमल थापा सहभागी हुने समेत महामन्त्री बर्तौलाले जानकारी दिए। उनका अनुसार बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति पनि चाँडै तय गरिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार