असार २१, २०८२ शनिबार July 5, 2025

संकटा ए डिभिजन लिगको छैठौँ स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले चौथो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दशौं चरणको आइतबारको पहिलो खेलमा संकटाले हिमालयन शेर्पालाई १–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै संकटा छैठौँ स्थानमा उक्लिएको छ। संकटाले ४ खेलमा जित ३ मा बराबरी र ३ खेलमा हार भोगेको छ।

शेर्पाले भने समान ४ खेलमा जित र बराबरी गर्दा १ खेलमा मात्र जित निकालेको छ। शेर्पा ७ अंकमा अंकतालिकाको १२औं स्थानमा छ। संकटाको जितमा अजयी मार्टिनले निर्णायक गोल गरे। पहिलो हाफको २१औं मिनेटमा क्षितिज राजको पासमा मार्टिनले हेडमार्फत बललाई जाली चुमाएका थिए।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। खेलको ५५औं मिनेटमा मार्टिनले अग्रता दोब्बर बनाउने मौका पाए पनि सदुपयोग गर्न सकेनन्।

सोही मैदानमा आजै हुने दोस्रो खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। दिउँसो ३ बजे हुने खेलमा उपाधि दाबेदार आर्मी पुलिसलाई हराउँदै शीर्षस्थानमा फर्कन चाहन्छ। आर्मी र पुलिसबीचको खेल प्रतिष्ठाको लडाइँ समेत हुनेछ।

उपाधि यात्रालाई जीवितै राख्न आर्मीलाई पुलिसविरुद्ध जित निकाल्न आवश्यक छ। बराबरी या हारले आर्मीको उपाधि यात्रा कमजोर बन्न सक्छ। आर्मी २० अंकसहित दोस्रो स्थानमा छ। १० खेल खेलेको शीर्षस्थानको मछिन्द्रको २२ अंक छ।

पुलिस आर्मीलाई पराजित गर्दै सुपर सिक्सको यात्रालाई बलियो बनाउने योजनामा छ। १४ अंक जोडेको पुलिस छैठौं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया