असार २६, २०८२ बिहिबार July 10, 2025

‘जनताका समस्या समाधान पहिलो प्राथमिकता’ – पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–८ बर्लाची र बानियाँ गाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले जनताका समस्या समाधान गर्दै जनतालाई खुसी बनाउनु नै मूल लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

जनताको समस्या बुझ्नका लागि आफू गाउँमा आउने गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “गाउँका समस्या बुझेर समाधान गर्ने मेरो पहिलो प्राथमिकता हो, जनताका समस्या बुझ्नका लागि गाउँमा आउने गरेको छु ।” जनतालाई मालिक बनाउने व्यवस्था र सत्ता जनताको हातमा पुर्‍याउने व्यवस्थाका लागि आफू सदैव लड्दै आएको उहाँको भनाइ थियो ।

अहिले गठबन्धनको सरकार रहेको र तनहुँको विकासका लागि आफूले सकेको बजेट विनियोजन गराउँदै आएको पौडेलले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार