श्रावण ५, २०८२ सोमबार July 21, 2025

अब ह्वाट्सएपले नयाँ डिभाइसमा लगईन गर्दा दुई पटक ओटीपी पठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ह्वाट्सएपले सुरक्षाको दायरालाई बढाउँदै नयाँ लगईनमा ‘डबल भेरिफिकेसन’ को तयारी गरेको छ । ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था वाबेटाइन्फोका अनुसार कम्पनीले आउँदो बेटा भर्सनमा यो फिचर उपलब्ध गराउने छ ।

यो फिचर आईओएस र एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध हुने जनाइएको छ । केही समय अघिमात्रै डिलिट भएको म्यासेज फर्काउन सकिने फिचर उपलब्ध गराएको कम्पनीले अब भने अकाउन्टको सुरक्षाका लागि यो फिचर उपलब्ध गराउने भएको हो ।

योसँगै यदि तपाईंले नयाँ फोनमा ह्वाट्सएप लगईन गर्न खोज्नुभयो भने हाल जस्तो एक पटकको ओटिपी कोडले मात्रै काम गर्ने छैन् ।

ह्वाट्सएपले लगईन गर्न खोजिएको नम्बर अर्को मोबाइलमा लगईन भएको भन्दै  तपाईंको हो कि हाेइन भनी परीक्षण गर्नका लागि दोहोरी भेरिफिकेसन कोड पठाउने छ । त्यसका लागि केही समय पर्खिनुपर्ने हुन्छ ।

ह्वाट्सएपले उक्त परीक्षणका लागि समय दिने र उक्त समयमा आएको कोड राखेर मात्रै अकाउन्टमा पहुँच बनाउन सकिने बनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया