असार २९, २०८२ आइतबार July 13, 2025

परिक्षा नियन्त्रण कार्यालय प्रमुखको कार्यकक्षमा विद्यार्थीले लगाए ताला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिवि परिक्षा नियन्त्रण कार्यालयका प्रमुख परिक्षा नियन्त्रक पुष्पराज जोशीको कार्यकक्षमा तालाबन्दी गरीएको छ । स्नाकोक्तर तहको प्रथम बर्षका विद्यार्थीहरुले कार्यलयले परिक्षा तालिका अप्रत्यासित रुपमा संसोधन गरेको भन्दै प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका हुन् ।

विद्यार्थीका अनुसार २०७९ जेठ २७ गते राजनीतिकशास्त्र–सार्वजनिक प्रशासन, एम.बि.एसको लेखा र एम पिएको रिसर्च मेथोडोलोजी को परिक्षाको तालिका अप्रत्यासित रुपमा बिना जानकारी संसोधन गरेको भन्दै आक्रोसित विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

अप्रत्यासित रुपमा परिक्षा तालिका संसोधन गर्नुका साथै परिक्षा कार्यालयको अनलाईन पोर्टलमा समेत पुरानै मिती परिक्षा तालिका राखीएको कारण आफुहरु परिक्षा दिन बाट बन्चीत हुन पुगेको विद्यार्थीहरुको भनाइ रहेको छ ।

शुरुमा परिक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई भेट गरि यस बिषयमा के कसो भएको हो भनि छलफल गर्न खोज्दा परिक्षा नियन्त्रक जोशी विद्यार्थीको सम्पर्कमा पुग्न भन्दा पनि कार्यालय बाटै भागेको र उहाँ संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको परीक्षा संघर्ष समितीका संयोजक ईन्द्र बहादुर सिंहले बताएका छन् ।

त्रिवि प्राईभेट समुहका परीक्षार्थीहरु उपत्यकाका अधिकांस परीक्षा केन्द्रहरुमा परीक्षा दिन पुग्दा आज हुने परीक्षा हिजो नै दिनेगरी आफुखुशी मिति फेरबदल  गरिएको भन्दै सम्पूर्ण संकायका ४ सय भन्दा बढीले बिहान १२ बजेदेखी परीक्षा नियन्त्रण कार्यालयमा पुगेर धर्ना दिनुको साथै नाराबाजी गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार