श्रावण ५, २०८२ सोमबार July 21, 2025

आज राति टेलिकमका यी सेवा अवरूद्ध हुनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल टेलिकमले आज राति साढे ११ बजेदेखि आफ्ना केही सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको छ ।

एक सूचना जारी गर्दै कम्पनीले बिलिङ सिस्टमको मर्मत सम्भार गर्नुपर्ने भएकाले केही समययसम्म प्याकेज सब्सक्रिप्सन, भोल्युम ब्यालेन्स क्वेरी लगायतका सेवा अवरूद्ध हुनसक्ने बताएको हो ।

यसबाहेकका अन्य सेवा भने यथावत् सञ्चालनमा रहने कम्पनीले जनाएको छ । साथै यसबाट ग्राहकमा पुग्न जाने असुविधाका लागि कम्पनीले क्षमा मागेको छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया