असार २५, २०८२ बुधबार July 9, 2025

सभापति देउवा भेट्न महामन्त्रीद्धय थापा र शर्मा बालुवाटारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा आबद्धताबारे छलफल भएको थियो । भेटमा महामन्त्री द्वय थापा र शर्माले राष्ट्रिय सहमति निर्माण गरी एसपिपीमा कहिल्यै सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

“एसपिपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्‍याएर सहभागी नहुन आग्रह गर्‍यौँ, विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई बोलाएर साझा धारणा तय गरौँ भन्ने कुरा प्रधानमन्त्रीज्यू समक्ष राख्यौँ”, महामन्त्री शर्माले भन्नुभयो ।

महामन्त्रीद्वयले लामो समयदेखि पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नभएको भन्दै चाँडो अधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । “छ महिनाभित्र सम्पन्न गर्ने भनिएको भ्रातृ संस्थाको अधिवेशनको बारेमा पनि हामीले सभापतिज्यूको ध्यानाकर्षण गरायौँ”, महामन्त्री शर्माले भन्नुभयो । यसबाहेक नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठनलगायतको विषयमा छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।

उहाँहरूले भेटका क्रममा रेलमार्गमा परेको जग्गा रोक्का राखे पनि जग्गाधनीले मुआब्जा नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार