असार २९, २०८२ आइतबार July 13, 2025

एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति दिने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९-८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएसमा छात्रवृत्ति उपलब्ध गराइने छ ।

गाउँपालिकाले स्तरोन्तति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ । गाउँपलिकाभित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ । हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

एमबिबिएस र बिई पढ्न ५० प्रतिशत खर्च व्यवहोर्ने

दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्रवेशिका परीक्षामा नाम निकाल्ने एक-एक विद्यार्थीलाई एमबिबिएस र बिई अध्ययनका लागि ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई मापदण्ड बनाएर एमबिबिएस र बिई अध्ययनमा खर्च उपलब्ध गराउने भएको हो । एक÷एक विद्यार्थीको अध्ययनका लागि आधा रकम गाउँपालिकाले उपलब्ध गराउने गरी नीति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर बडालले बताउनुभयो ।

गाउँपालिकाले विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका हरेक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिन नपाइने भएको हो ।

विद्यालयले विभिन्न शुल्कका नाममा विद्यार्थीबाट पैसा उठाउने गरेको भन्दै गाउँपालिकाले विद्यार्थीबाट लिइने शुल्क कटौती गर्ने भएको हो । आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष बडालले शुल्क पूर्ण रुपमा बन्द गरिएको उल्लेख गर्नुभयो ।

पालिकाभित्रका सामुदायिक विद्यालयको आवश्यकक्ता र सम्भाव्यताका आधारमा भौतिक पूर्वाधार निर्माणको काम गरिने उल्लेख गरिएको छ । पालिकाभित्र एक वडा एक नमूना विद्यालय कार्यक्रम अघि बढाइने भएको छ । युवाको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकास्तरीय सुविधा सम्पन्न रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाबाट तलबभत्ता उपलब्ध गराउने गरी राखिएका शिक्षकको दरबन्दी पुनःनिर्धारण गरिने छ । पालिका भरीका सामुदायिक विद्यालयमा ई–हाजिरी जडान तथा शिक्षकलाई पुर्नताजगी तालिम दिइने छ ।

कक्षा ४ देखि ७ र ९ को परीक्षा पालिकास्तरीय गरी प्रश्नपत्र तथा उत्तरपुस्तिका जाँचसम्बन्धी सम्पूर्ण काम पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत गरिनेछ । विद्यार्थीको सङ्ख्या हेरी मापदण्डानुसार विद्यालय मर्जको नीति अवलम्ब गर्दै आयोगका तयारी कक्षा सञ्चालन गरिनेछ । विद्यालय कर्मचारी सामुदायिक सिकाइ केन्द्रका कर्मचारी र बालविकास सहजकर्ताहरुको तलब मासिक रु दुई हजारले बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार